सिनर्जी पावरको हकप्रद बाँडफाँड, ५ लाख ६३ हजार कित्ता लिलाममा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 08:37:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । असोज १६ गते कम्पनीको संचालक समितिले शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले २ कित्ता शेयर बराबर १ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जस मध्ये रितपूर्वक आवेदन दिने ४४ हजार ७ सय ९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६ सय १४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। यस हिसाबमा कम्पनीको ५ लाख ६३ हजार २ सय ६१ कित्ता हकप्रद बिक्री भएको छैन । यो शेयर अब लिलाममा आउने छ । 

कम्पनीले हकप्रद भन्दा बढीको लागि आवेदन दिएका शेयरधनीहरुलाई असोज १९ गतेदेखि आईपीएस मार्फत आवेदकको बैंक खातामै रकम फिर्ता गरिने जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्न पनि कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले भदौ ३ देखि भदौ ३१ गतेसम्म हकप्रद बिक्री गरेको थियो । हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेको एपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाईएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ। 

विद्युत नियमन आयोगले गत माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको थियो । कम्पनीको आर्थिक वर्ष ७७/७८ को साधारणसभाले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved