सिनर्जी पावरले लिलामीमा ल्याएको हकप्रद शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 08:23:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ६ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ६१ कित्ता शेयर लिलाम गरेको थियो ।उक्त लिलामीको शेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  १४२ रुपैयाँ ६० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने  १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ ।

लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज मङ्सिर ७ गतेदेखि पैसा फिर्ता गर्न जनाएको छ । आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न पनि क्यापिटलले आग्रह गरेको छ । 

कम्पनीले  कार्तिक १ देखि कार्तिक १५ गतेसम्म शेयर लिलाम गरेको थियो।  कम्पनीले १ कित्ता शेयर बराबर ०.५ कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा हकप्रद शेयर निकाष्शनको गरेको थियो ।  हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved