यी हुन् धितोपत्र बोर्डको कारवाहीमा परेका ८८ कम्पनी, बोर्डलाई ५३ लाख आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 06:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आफुले कारवाही गरेका ८८ वटा सुचिकृत कम्पनीको सूची सार्वजनिक गरेको छ । धितोपत्र बोर्डको कार्तिक २० गतेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण नबुझाएका तथा ढिलो बुझाएका ८८ कम्पनीलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

बोर्डले ढिलो वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजारको दरले नगद जरिवाना गरेको थियो । त्यस्तै सो समयसम्म वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाखको दरले नगद जरिवाना गरेको थियो । यसबाट बोर्डलाई ५३ लाख ५० हजार आम्दानी हुने देखिन्छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा  सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ। धितोपत्र बोर्डले  एकै पटक यदि धेरै सुचिकृत कम्पनीलाई कारवाही गरेको यो नै पहिलो पटक हो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डको इतिहासमा यदि धेरै सुचिकृत कम्पनीमाथि बोर्डले कारवाही गरेको यो नै पहिलो पटक भएको बताए । उनले वित्तीय विवरण नबुझाउने कम्पनीमाथि शुन्य शहनशीलताको नीति लिइएको बताए । एक दिन ढिलो भए पनि कारवाहीको भागीदार हुनु पर्ने उनले बताए ।

यी हुन् कारवाहीमा परेका कम्पनी : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved