हिमालयन क्यापिटल र सिभिल क्यापिटलको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 08:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले सिभिल क्यापिटललाई गाभेपछि मङ्सिर १५ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ। हिमालयन क्यापिटलको नामबाट एकिकृत कारोबार हुने भएको हो 

दुवै कम्पनीको भदौ २७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेका थिए । सिभिल क्यापिटलको सम्पूर्ण सम्पति र दायित्व हिमालयन क्यापिटलले सकार्ने गरि कम्पनी रजिष्ट्रार कार्यालयबाट मङ्सिर १२ गते एकिकृत कारोबारको लागि अनुमति पाएको कम्पनीले जनाएको छ । 

 हिमालयन क्यापिटलले १००:३१ को स्वापमा सिभिल क्यापिटललाई गाभ्न लागेको हो । अर्थात् सिभिल क्यापिटलको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि हिमालयन क्यापिटलको ३१ कित्ता शेयर पाउने छन् 

यी दुई क्यापिटलको माउ कम्पनी हिमालयन बैंक र सिभिल बैंक मर्ज भएर हिमालयन बैंक बनेसंगै सहायक कम्पनीको रुपमा रहेका यी २ क्यापिटल पनि मर्ज हुन लागेका हुन्  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved