सिभिललाई प्राप्तिपछि हिमालयन क्यापिटलको नामबाट एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 09:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात हिमालयन क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ। आज शुक्रबारबाट एकिकृत कारोबार सुरु भएको हो ।

 हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष सुनिल प्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बहादुर बिष्टले पानसमा दिप प्रज्वलन गरि एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन्। हिमालयन  क्यापिटल  लिमिटेडले  कम्पनी  रजिष्ट्रारको  कार्यालय  बाट  १२  मंसिर,  २०८०  मा एकीकृत कारोबार संचालन अनुमति प्राप्त गरेको थियो ।

कार्यक्रममा हिमालयन क्यापिटल लिमिटेडको संचालक समितिका अध्यक्ष तथा हिमालयन बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल प्रसाद गोर्खालीले मर्चेन्ट बैंकिंग व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै आफ्ना छुट्टै पहिचान स्थापित गरेको हिमालयन क्यापिटल लिमिटेड र मर्चेन्ट बैंकिंग व्यवसायका आधुनिकीकरणमा महत्वपुणर भूमिका निर्वाह गरेको सिभिल क्यापिटल मार्केट लिमिटेडको समिश्रणबाट सकरात्मक प्रभाव सिर्जना भई ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल र सुदृढ भई नेपाली पुंजी बजारका बिकासमा टेवा पुग्ने व्योहरा जाहेर गरे ।

एकीकृत कारोबार पश्चात संस्थाल मुलत प्रविधिको माध्यमबाट आफ्नो सेवाहरुको विस्तार गर्ने र नवीनतम प्रकृतिका विशिष्टकृत लगानी कोष, खुल्लामुखी सामुहिक लगानी कोष योजना, व्यवस्थित लगानी योजना जस्ता सेवाहरु निकट भविष्यमा प्रदान गर्ने लक्ष्य राखेको उनले बताए।

एकीकृत कारोबार संचालन समारोहमा हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबरा, बरिष्ठ नायव कार्यकारी अधिकृतहरु, हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष तथा संचालकहरु, साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल लिमिटेडका पुर्व संस्थापक अध्यक्षको साथ बैंकका बरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved