एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 08:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको म्युचुअल फण्डमा आवेदन दिने आज मङ्सिर १८ गते अन्तिम दिन रहेको छ।  क्यापिटलले  मङ्सिर ४ गते सोमबारबाट एनआईसी एशिया ग्रोथ फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको हो 

क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया ग्रोथ फण्ड २   नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब  रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक एनआइसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ ।  यस म्युचुअल फण्डको अवधि ७ वर्ष रहेको छ ।

हाल क्यापिटलले एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० फण्ड, र एनआईसी एशिया डाइनामिक डेट फण्ड  योजना संचालन गरिरहेको छ । जस मध्ये एनआईसी एशिया डाइनामिक डेट फण्ड  खुलामुखी योजना हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved