तारागाउँ रिजेन्सी होटेलको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 11:32:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले तारागाउँ रिजेन्सी होटेलको कारोबार रोक्का गर्दै कम्पनीलाई स्पष्टिकरण सोधेको छ। लाभांशबारेको निर्णय समयमा नै उपलब्ध नगराएपछि नेप्सेले  कारोबार रोक्का गर्दै कम्पनीलाई स्पष्टिकरण सोधेको हो। 

नेप्सेका अनुसार कम्पनीले २०८०/०८/१६ गते शनिबार सञ्चालक समितिको बैठक बसी आ.व. २०७९/८० को लाभांश घोषणा सम्बन्धी निर्णय गरेको थियो, तर नेप्सेमा अर्को दिन अर्थात मिति २०८०/०८/१७, आईतबार बेलुका ५:१५ बजे मात्र जानकारी प्राप्त भएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप मिति २०८०/०८/१८ को निर्णयानुसार त्यस कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ । 

  पत्र प्राप्त भएको मितिले तीन कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो भन्ने विषयमा स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ। कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved