'हाम्रोमा ४ घण्टा मै टिएमएस खाता खुल्छ, छिट्टै शेयर कर्जाको सुविधा ल्याउँछौ'

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Dec 07, 2023 | 05:01:08 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको उद्घाटन सम्पन्न भएको छ । आज बिहीबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले उमाछापुच्छ्रे सेक्युरिटिजको औपचारिक उद्घाटन गरेका हुन्। 

माछापुच्छ्रे सेक्युरिटिज ब्रोकर नम्बर ७६ को रुपमा रहने छ । 

सेक्युरिटिजको औपचारिक उद्घाटनको अवसरमा बिजपाटी डटकमले सेक्युरिटिजका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम लम्सालसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ कुराकानीको अंश:

माछापुच्छ्रे सेक्युरिटिज कहिलेबाट सुरु भएको हो ? के के सेवा प्रदान गरिरहेको छ ?

यो कम्पनी माछापुच्छ्रे बैंकको लगानीमा २०८० भदौ देखि सुरु भएको हो । यो कम्पनीले ग्राहकलाई शेयर खरिद बिक्रीको सेवा, र  डिम्याट खाता खोल्ने सेवा प्रदान गरिरहेको छ । केहि समय पछि बैंकले दिने शेयर कर्जाको सुविधा पनि सेक्युरिटिज मै आएर लिन सक्ने सुविधा ल्याउने तयारीमा छौँ । हामीले लगानीकर्तालाई विशेष सेवा दिने छौ । हाम्रो वेबसाइट पनि तयार भईसकेको छ । अब अनलाईनबाट नै खाता खोल्न सकिने छ । लगानीकर्तालाई छिटो, छरीतो र अब्बल किसिमको सुविधा दिने हाम्रो लक्ष्य हो । यस कम्पनीमा ६ सय जना लगानीकर्ता आवद्ध भई सकेका छन् । जस मध्ये हाल ६० जनाले दैनिक कारोबार गरिरहेका छन् ।

 कम्पनीका भावी योजनाहरु के के छन् ?

यो कम्पनीसँग माछापुच्छ्रे बैंकको पृष्ठभुमि छ ।  बैंकका शाखाहरु धेरै स्थानमा फैलिएकोले शाखा भएका ठाउँसम्म नै पुगेर नियम भित्र रहेकर सेवा दिने छौ ।  काठमाडौँमा चाहिने भन्दा धेरै ब्रोकरहरु छन् तर, काठमाडौँ भन्दा बाहिर छैनन् । त्यसैले माछापुच्छ्रे बैंकसँग  सहजीकरण गरेर हामी छोटो समयमा काठमाडौँ बाहिरका धेरै ठाउँमा पुग्ने योजना बनाएका छौँ । 

अन्य ब्रोकर भन्दा यो ब्रोकर कसरी फरक छ ?

हामीले दिने सेवामा यो ब्रोकर अरु ब्रोकर भन्दा फरक छ । सेवा त अरु ब्रोकरले पनि दिने गरेका छन् । तर हामीले दिने सेवा अब्बल छ । जस्तैः– टिएमएस खाता खोल्नको लागि अरुले ४ दिनसम्म लगाउने गरेका छन्, हाम्रोमा आवेदन दिएको ४ घण्टा मै खाता खोल्ने व्यवस्था छ । यो कम्पनी अहिले ग्राहकले पाएका दुःखहरुलाई चिर्दै अगाडी बढ्ने छ । हामीले दिने सेवामा ग्राहकले गुनासो गर्ने ठाउँ राख्दैनौ । कुनै पनि लगानीकर्ताले अनलाइन मार्फत नै डिम्याट खाता पनि खोल्न सक्छन् ?

चुक्ता पुँजी कति छ ?  

धितोपत्र बोर्डले तोकेको चुक्ता पुँजी पुगिसकेको छ । हाम्रो २० करोड पुँजी हो, हामीले २० करोड पुँजी पुरा राखेर सुरु गरेका हौँ । हामी स्टक होेल्डरमा जाने भन्ने पछिका कुरा भए त्यसमा हाम्रो फोकस छैन । अहिलेको हाम्रो फोकस भनेको २० करोडले पाउँने सुविधामा रहेर सेवा दिने योजना छ । 

अहिलेको बजारलाई कसरी विश्लेषण गर्नु भएको छ ? के हुँदा बजार बढ्छ ?

प्रोडक्ट लाईफ साईकलको कुरा हामीले इकोनोमिक्समा पटक पटक पढेको कुरा हो । आज एकदम तल छौ भनेर हामी आतिनु हुँदैन। किनकी त्यहि मान्छे भोली माथि पनि जान सक्छ । मेरो विचारमा बजार जाने माथि नै हो । कहिलेकाहि केहि समस्या आउन सक्छन् तर जाने माथि नै हो । यसमा आत्तिनु पर्ने कुरा छैन्  । मानिस सँग पैसा नभएको पनि हैन होला । मानिसहरुले बजार घट्छ भने पछि सामान्य लगानीकर्ता डराएका छन् । मानिसको मनोबल बढ्यो भने अहिले घटिरहेको बजार बढाउनलाई सहयोग मिल्ने थियो । अहिले लगानी गरौ कि नगरौ भनेर लगानीकर्ता अलमलमा परेका छन् । सबै मानिसले बजार माथि जान्छ भने भने बजार माथि जानलाई कसैले रोक्न सक्दैन । जबसम्म सामान्य मान्छेले लगानी गर्दैन तबसम्म बजार घट्ने बढ्ने भईरहन्छ । तर सधै चाहि यस्तो हुँदैन । 

बजारमा कस्तो कस्तो लगानीका औजारहरु तत्काल ल्याउन सकिन्छ ?

बजारमा सर्टसेलिङको व्यवस्था भयो भने अहिलेको जस्तो बजार घट्यो भन्न पर्दैन थियो। अहिले कस्तो छ भने बजार बढ्दा सबैले कमाउने भएकाले सबैले बजार बढोस् बन्ने चाहन्छन्। बजार घट्दा पनि पैसा कमाउन सक्ने मेकानिजमहरु छन् । तर त्यस्तो मेकानिजम हाम्रोमा छैनन्। धेरै ठुलो पनि परेन अहिले सर्ट सेलिङको मेकानिजम मात्र राखिदिए भने बजार घट्यो भन्नु पर्ने थिएन । बजार घटे पनि रमाउने मान्छे हुने थिए । भविष्यमा सर्ट सेलिङ साथै अन्य औजारहरु पनि आउँछन्। किनकी संसार भरि हुने नेपालमा मात्र नहुने भन्ने कुरा हुँदैन । ढिलो चाडो मात्र हो, नेपाल पनि आउँछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved