नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता शेयर बेच्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 10:20:20 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन एभरेष्ट ईन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले पुनर्बीमामा रहेको आफ्नो २० लाख कित्ता सस्न्थापक शेयर बिक्री गर्ने भएको हो ।

 कम्पनीले शेयर बिक्रीका लागि आज मङ्सिर २६ गते सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार मङ्सिर २६ गतेदेखि ३५ भित्र आवेदन दिन सकिने छ । कम्पनीले सो शेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ मूल्य तोकेको छ र न्यूनतम १ लाख कित्ता देखि अधिकतम २० लाख सम्मका लागि आवेदन दिन सकिने जनाएको छ । कम्पनीले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिईने उल्लेख गरेको छ ।

कम्पनीले थापागाँउस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved