लाइफ इन्स्योरेन्स कर्पोरेशन विरुद्ध धितोपत्र बोर्डमा उजुरी, भित्री कारोबारको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 07:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालका उच्च व्यवस्थापक र सञ्चालक विरुद्ध धितोपत्र बोर्डमा उजुरी परेको छ । उनीहरुले भित्री कारोबार गरेको भन्दै आइतबार बोर्डमा उजुरी परेको हो । 

उजुरीकर्ताले कम्पनीका उच्च व्यवस्थापक र सञ्चालकको मिलेमतोमा हकप्रद सेयरको नाममा भित्री कारोबार भएको भन्दै छानबिन गरि कारबाही गर्न माग गरेका छन् । हकप्रद निष्कासनको नाममा कम्पनीको सेयर मूल्य करिब ३२ प्रतिशतले बढाएर १४ सय र पछि १८ सय रुपैयाँसम्म पुर्याएको दाबी उजुरीमा अग्आरुएको छ। यस्तै कम्पनीको व्यवस्थापक र सञ्चालक समितिले सेयर बजारमा चलखेल गर्ने उद्देश्यसहित हकप्रद सेयरको अनुमति बोकेर ब्रोकर कम्पनीहरुमा धाउँदै सेयर बजारमा मूल्य बढाउने गरि चलखेल गरेको दाबी गरिएको छ ।

कम्पनीले २०७९ भदौ १४ गते हकप्रद सेयर जारी गर्ने घोषणा गरेको थियो । तर त्यो भन्दा २ महिना अघिदेखि नै कम्पनीको सेयर मूल्य करिब ३२ प्रतिशतले बढाएको उजुरीमा उल्लेख छ । कम्पनीले बीमा प्राधिकरणबाट असार १५ गते आफ्नो चुक्ता पुँजीको ८८.४५ प्रतिशत हकप्रद सेयर निष्काशन अनुमति पाएको थियो । प्राधिकरणबाट हकप्रद सेयरको अनुमति पाएर पनि कम्पनीले करिब साढे ३ महिनासम्म सूचना लुकाएर सेयर मूल्य बढाउन खेलमा लागेको उजुरीमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved