सिबिआईएल सेक्युरिटिजको प्रथम साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत  अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समितिमा चार जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved