आइसिएफसि फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, ३ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 06:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिएफसि.फाइनान्स लिमिटेडले आफ्नो बीसौं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ। उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट चुक्ता पू“जीको ६.५५ नगद लाभांशदिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । सर्वसाधारण समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा टंकराम गौतम, हेमशिखा जोशी गर्ग र सफल भट्टरार्ई आगामी चार (४) वर्षको लागी निर्विरोध निर्वाचित भएका छन् ।

चुक्तापू“जी रु.एकअर्ब अठार करोड चौतीसलाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २१ वटा ए.टि.एम. मार्फत १ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved