सोनापुर सिमेन्टले लाभांश नदिने, १० प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 08:32:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २६ गते दाङको घोराही १५ मा रहेको होटेल माला इनमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र संचालक चयनको लागि मतदान गर्न सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव

१. आ.व. २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको
आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभुत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्तव उपर छलफल गरी पारित गर्ने ।

५. सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पद- २ (दुई) को निर्वाचन गर्ने ।

६. प्रबन्ध संचालक तथा अन्य संचालकहरुको सेवा सुविधा सम्बन्धमा छलफल गरी पारित गर्ने ।

विशेष प्रस्ताव

१. कम्पनीको उद्देश्य थप (संशोधन) गर्ने ।

२. कम्पनीको प्रबन्धपत्रको दफा ४ को उपदफा १ मा संशोधन गर्ने ।

३. प्रबन्धपत्र संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

४. कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ ) को जम्मा रकम भन्दा बढीको विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved