दोल्ती पावर कम्पनीको साधारणसभा सम्पन्न, संचालकमा सत्यराज निर्विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 01:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । आज कम्पनीकी अध्यक्ष मिरा गौतमको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।

सभाले  सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ भने आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८० को वार्षिक नाफा/नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गरेको छ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८०/०८१ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सत्यराज तामाङलाई संचालकमा निर्विरोध निर्वाचित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved