२० मध्ये ४ वटा बैंकको मात्र नाफा बढ्यो, १२ बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 10:58:58 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । जस अवधि वाणिज्य बैंकहरुले कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् 

समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेको छ 

यस अवधिमा नाफा बढाउने बैंकमा हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंक रहेका छन् । जस मध्ये हिमालयन बैंकको खुद नाफा सर्वाधिक ५७.५३ प्रतिशत बढेको छ । अघिल्लो त्रैमासको यसै अवधिमा घाटामा रहेको कृषि विकास बैंक यस पटक नाफामा आएको छ 

यस अवधिमा १२ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।  

हेर्नुस् चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकको खुद नाफा, वितरणयोग्य मुनाफा र प्रति शेयर आम्दानीको विवरण : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved