एनएलजी इन्स्योरेन्सको साधारणसभा आह्वान , यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2024 | 08:55:08 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ।  कम्पनीले फागुन ३ गते बिहिबार आम्रपाली ब्यान्क्वेटमा साधारणसभा गरेको हो। 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा- नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७९/८० को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु. ४२,२४,२१९/- (०.२८९४७ प्रतिशत) नगद लाभांश स्विकृत गर्ने ।

विशेष प्रस्ताव 

(१) सञ्चालक समितिले प्रस्ताब गरे बमोजिम आ.व. २०७९/८० को मुनाफाबाट चुक्तापुँजी रु. १,४५,९२,७५,७९१ /- (अक्षरेपि एक अर्ब पैतालिस करोड बयान्नब्बे लाख पचहत्तर हजार सात सय एकन्नब्बे रुपैयाँ) को ५.५० प्रतिशतको दरले रु. ८,०२,६०,१६९/- (अक्षरेपि आठ करोड दुई लाख साठी हजार एक सय उनान्सत्तरी मात्र) बराबर वोनस शेयर वितरण गर्ने ।

(२)बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

(३) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई रु.२,५०,२६,५७,९८२/- (दुई अर्ब पचास करोड छब्बीस लाख सन्ताउन्न हजार नै सय बयासी रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

(४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(५) कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ग) बमोजिम आ.व. २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved