सिंगटी हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2024 | 08:55:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १ गते मंगलबार धुम्बाराही स्थित धुम्रबराह भेन्युमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 सामान्य प्रस्तावहरु :
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन / आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. कम्पनीका लेखापरीक्षकद्वारा पेश भएको आ.व. २०७९/८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू सहितको लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

 विशेष प्रस्तावहरु :

१. प्रबन्धपत्रको दफा ८ (क) संशोधन गर्ने सम्बन्धमा

२. हकप्रद शेयर जारी गर्ने सम्बन्धमा कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन थपघट वा परिमार्जन गर्नु परेमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved