गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 08:57:51 AM मा प्रकाशित

laxmi  sunrise bank

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ६ गते मोरङको विराटनगर स्थित होटेल एयरपोर्टमा प्रथम साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशनबारेका प्रस्तवा पेश हुने छन् । सभामा विशेष प्रस्ताव अन्तर्गत साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने, साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग गर्ने, कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।

गार्डियन माइक्रो लाइफ नेपाल बीमा प्राधिकरणबाट जीवन लघुबीमा व्यवसाय गर्न इजजातप्राप्त कम्पनी हो।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव: 

१. आ.व.२०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. आ.व.२०७९ / २०८० को लागि संचानलक समितिबाट नियुक्त बाहृय लेखापरीक्षको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

५ . सञ्चालक समितिको गठन (निर्वाचन) गर्ने सम्बन्धमा ।

६. स्वतन्त्र बिज्ञ सञ्चालकको नियुक्ति सम्बन्धमा ।

७. सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा सम्वन्धमा ।


विशेष प्रस्तावहरुः

१. कम्पनीको साधारण शेयरहरु सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा ।

२. साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।

३. कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved