शेयर नपरेकालाई आजदेखि पैसा फिर्ता गर्दै अपर तामाकोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 08:24:59 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामीमा  शेयर नपरेका लगानीकर्तालाई आज माघ २२ गतेदेखि पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले बाडफाँडमा नपरेका आवेदकहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी आज २०८० माघ २२ गते सोमबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक / वित्तीय संस्थाको खातामा IPS मार्फत रकमान्तर गरिने  जनाएको छ । 

 बाँडफाँडको अन्तिम मूल्य (Cut-off Price) रु. १४७ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीले लिलामीमा ल्याएको  १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता अवितरित हकप्रद शेयरहरु कम्पनीको संचालक समितिको माघ १७ गतेको बैठकको निर्णय अनुसार बाँडफाँड भएको हो ।

कम्पनीले ति शेयरहरुले २०८०/०९/१३ गतेका दिन देखि २०८० /०९/२९ गते सम्म लिलाम गरेको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु २०८० माघ ५, ६ र ७ गतेका दिन खोलि २०८० माघ १७ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले शेयर बाँडफाँड गरेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved