मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 09:25:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन १४ गते धुलिखेलको होटेल सारथिमा साधारणसभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागी फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावहरु
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको आ.व. २०७९ / ०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९ / ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्ने ।

३. आर्थिक वर्ष २०८० / ०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक के. जे. एशोसिएट्स (चाटर्ड एकाउन्टेन्ट्स)) पुनः नियुक्त हुन योग्य रहेको)

४. वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा । (यस सम्बन्धी सम्पूर्ण सूचना वित्तीय संस्थाको सूचना पाटीमा हेर्न सकिने छ )

विशेष प्रस्तावहरु :
१. संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने सम्बन्धमा ।

२. संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

३. संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सो अनुरुप गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved