रिलायबल प्राइभेट इक्वीटी फण्डद्वारा अकामा होटलमा लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 01:25:05 PM मा प्रकाशित

laxmi sunrise bank

 कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटेलमा लगानी गर्ने भएको छ । लगानी सम्झौतामा फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत  सुदय कान्त झा र अकामा होटलको तर्फाबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले सम्झौता गरेका छन् । 

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो संस्थाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ । 

अकामा होटेल धुम्बाराही काठमाण्डौमा अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको होटेल हो। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved