सर्वोत्तम सिमेन्ट बन्यो नेप्सेको १७ औ ठूलो कम्पनी, युनिलिभर पछि पर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 05:30:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेड नेपाल स्टक एक्सचेन्ज नेप्सेको १७ औ ठूलो कम्पनी बनेको छ । बजार पुँजीकरणको हिसाबमा सर्वोत्तम आज टप २० भित्र प्रवेश गरेको हो ।

आजको कारोबारपछि सर्वोत्तम सिमेन्टको बजार पुँजीकरण ३७ अर्ब ८४ करोड १७ लाख पुगेको छ । आजको कारोबारअघि कम्पनीको बजार पुँजीकरण ३४ अर्ब ४० करोड थियो भने ठूला कम्पनीको २५ औ स्थानमा थियो । आज सोमबार पनि कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेपछि कम्पनी १७ औ ठूलो कम्पनी बनेको हो । यस क्रममा कम्पनीले युनिलिभर नेपाल, चिलिमे हाइड्रो, अपर तामाकोशीलाई पछि पारेको छ ।

आज कम्पनीको शेयर मूल्यमा लगायातर चौथो दिन सकारात्मक सर्किट लागेको हो । आज पनि शेयर कारोबार सुरु भएको २ मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । आज कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८१३.८० रुपैयाँ कायम रहेको छ । आज कम्पनीको शेयर मूल्य ७३.९० रुपैयाँले बढेको हो । 

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको SARBTM सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते,  चैत्र ८ गते र आज चैत्र १२ गरि लगातार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो  । 

चैत्र ६ गते कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको छ। सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

 कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved