सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार छैठौ दिन पोजेटिभ सर्किट लागेको छ । आज बुधबार पनि शेयर कारोबार सुरु भएको १ मिनेटमा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
आज कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ९८४.६० रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ८९.५० रुपैयाँले बढेको हो ।
नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको शेयर कारोबार सुचारु भएको हो । कम्पनीको SARBTM सिम्बलबाट कारोबार भएको हो । चैत्र ६ गते, चैत्र ७ गते, चैत्र ८ गते र चैत्र १२ गते, चैत्र १३ गते र आज चैत्र १४ गते गरि लगातार छैठौ दिन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
चैत्र ६ गते कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनुसुकै मूल्यबाट कम्पनीको कारोबार सुरु हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । कम्पनीले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गरेको हो ।
कस्तो छ वित्तीय अवस्था ?
आर्थिक
वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा २१ करोड ३८ लाख रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले
४६ करोड ७६ लाख खुद नाफा कमाएको थियो । यो कम्पनीको लेखापरीक्षण गरिएको
वित्तीय विवरण अनुसारको खुद नाफा हो ।
आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको
विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रहेको छ । यो अपरिस्कृत
वित्तीय विवरण अनुसारको खुद नाफा हो ।
चालु आर्थिक वर्ष २०८०/८१
मा कम्पनीले ८२ करोड ८४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष २०८१/८२
मा १ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२.८३
मा खुद नाफा १ अर्ब १८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।
आईपीओ निष्काशन गर्नु अघि
कम्पनी प्रति शेयर नेटवर्थ १८५.३६ रुपैयाँ थियो भने प्रति शेयर आम्दानी ५ रुपैयाँ
२८ पैसा थियो । यो आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार हो ।
आईपीओ निष्काशन पछि आर्थिक
वर्ष २०८०/८१ मा कम्पनीले प्रति शेयर नेटवर्थ २०७.२२ रुपैयाँ र प्रति शेयर आम्दानी
१७.८२ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
२०८० अस्प्ज मसान्तसम्म
कम्पनीले तिर्नु पर्ने ऋण ४ अर्ब १८ करोड रहेको छ । यसमा विभिन्न बैंकबाट
लिइएको अल्पकालीन प्रकृतिको चालुपुंजी कर्जा, र आवधिक कर्जा समावेश छ ।
कम्पनीको अधिकृत पुंजी ५ अर्ब रहेको छ भने आईपीओ निष्काशनपछि
कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको
रिजर्भ र सरप्लसमा ३ अर्ब ४५ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा यो रकम
बढेर ४ अर्ब ९८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।
को सँग कति छ शेयर ?
कम्पनीको चुक्ता पुंजी ४ अर्ब
६५ करोड मध्ये संस्थापक शेयरधनीसँग ८७.०९६७ प्रतिसत शेयर अर्थात् ४ करोड ५ लाख
कितात शेयर शेयर छ । योग्य संस्थागत लगानीकर्तासँग ५.१६१३ प्रतिशत अर्थात्
२४ लाख कित्ता शेयर रहेको छ । आयोजना प्रभावित स्थानीयसँग ०.५३ प्रतिशत शेयर अर्थात् २ लाख ४८ हजार ४ सय
७० कित्ता शेयर छ । यी शेयरमा लकइन अवधि भएकोले अहिले यी शेयर कारोबार हुन
सक्दैन ।
अहिले कारोबारमा आएको शेयर
भने सर्वसाधारणसँग रहेको शेयर मात्र हो । जुन ७.२० प्रतिशत अर्थात् ३३ लाख ५१ हजार ५ सय ३० कित्ता मात्र हो ।
कुन योग्य संस्थागत लगानीकर्तासँग कति छ सर्वोत्तमको शेयर ?
४० वटा योग्य संस्थागत लगानीकर्ता (क्युआईआई) ले सर्वोत्तम सिमेन्टको शेयर छ । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमामा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको थियो।
सर्वोत्तम सिमेन्टले क्युआईआईलाई २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जस अनुसार नागरिक लगानी कोषसँग सबैभन्दा बढी शेयर छ । कोषसँग ४ लाख कित्ता शेयर छ ।
त्यस्तै सिटि एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड, स्काई टच इन्भेष्टमेन्ट एण्ड कन्सल्ट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रा.लि, र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीसँग समान २ लाख ७१ हजार २ सय ३१ कित्ता शेयर छ । कामना सेवा विकास बैंकसँग २ लाख कित्ता शेयर छ भने प्रभु सेलेक्ट फण्डसँग १ लाख २४ हजार ३ सय १४ कित्ता शेयर छ ।
सबै भन्दा कम शेयर सम्पन्न क्यापिटल एण्ड एड्भाईजरी नेपालसँग छ। उ सँग २८४ कित्ता शेयर छ। त्यस्तै सानीमा लार्ज क्याप फण्डसँग ५६५ कित्ता र समृद्धि फाइनान्ससँग ५६५ कित्ता शेयर छ ।
हेर्नुस् को सँग कति ?