एकसाथ २ आर्थिक वर्षको साधारणसभा गर्दै पिपुल्स पावर, यस्ता छन् ११ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 12:13:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले एक साथ दुई वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ। कम्पनीले २०८१ वैशाख १७ गते आर्थिक वर्ष २०७८/७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१) आ.व २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्वन्धमा ।

२) लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ र २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३) चालु आ.व. २०८० / ८१ लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिकनिर्धारण गर्ने सम्बन्धमा ।

४)संस्थापक समुहबाट १ जना महिला सहित ५ जना र सर्वसाधारण समुहबाट १ जना सञ्चालकको नियुक्ति / निर्वाचन गर्ने सम्बन्धमा ।

५) सञ्चालक समितिले प्रस्ताव गरेका मध्येबाट १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने
सम्बन्धमा ।

६) संचालकहरुको बैठक भत्तातथा सुविधा निर्धारण सम्बन्धमा ।

७) संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने ।

विशेष प्रस्ताव :

१) हाल कायम रहेको चुक्ता पूँजीको आधारमा १ शेयर बराबर ०.५ का दरले (६३,२६,००० कित्ता शेयरको ५० प्रतिशत ३१,६३,००० कित्ता बराबर) हकप्रद शेयर निष्काशनको लागि स्वीकृती प्रदान गर्ने सम्बन्धमा ।।

२) हकप्रद शेयर वितरण पश्चात् कम्पनीको पूँजी वृद्धि हुने भएकाले सो प्रयोजनका लागि पूँजी बृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफाहरुमा संशोधन गर्ने सम्वन्धमा ।

३) हकप्रद शेयर जारी गर्दा अन्य आवश्यक कुरा फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

४) कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा हुने संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यलय तथा नियामक निकायबाट आवश्यक थपघट वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved