घरजग्गा कारोबारबाट चैतमा ४ अर्ब राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 03:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको चैत महिनमामा घरजग्गा कारोबरबाट करिब ४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत महिनामा घर जग्गाको किनबेचबाट ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

जसमध्ये पूजीगत लाभकर मात्र १ अर्ब ४७ करोड रहेको छ । त्यस्तै रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ५० करोड र सेवा कर शिर्षकमा ३१ करोड ५२ लाख संकलन भएको छ । विभागले समग्रमा ३६ करोड ४१ लाख रुपैयाँ छुट दिएको छ । 

कुल राजस्व संकलन मध्ये भूभिसुधार तथा मालपोत कार्यलय लगनखेलबाट सबैभन्दा धेरै संकलन भएको छ । मालपोत कार्यलय लगनखेलबाट चैत महिनामा ३९ करोड ६२ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यलय भक्तपुरबाट २७ करोड ६७ लाख, मालपोत कार्यलय कलंकीबाट २५ करोड ७६ लाख, भूमिसुधार तथा मालपोत कार्यलय डिल्लिबजारबाट २४ करोड ५९ लाख र मालपोत कार्यलय चावहीलबाट २३ करोड ३१ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । 

चैत महिनामा ५८ हजार १८७ कित्तालाई कित्ताकाँट गरेर १ लाख ३१ ह्जार ५५८ कित्ता बनाइएको छ । त्यसैगरी ५० हजार २५२ पटक लिखित पारित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved