इसेवा मनिट्रान्सफरको सेवा जापानबाट सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 02:28:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा मनिट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको कम्पनीले जनाएको हो । 

उक्त सेवासंगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइराले जानकारी दिए ।

प्रबन्ध निर्देशक कोइरालाले भने, ‘‘हामी जापान बाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहनु भएका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नु हुनेछ । अब हामी नयाँ सोच, प्रविधि र समय अनुसार अगाडि बढ्नु पर्ने बाध्यात्मकअवस्थाआएको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।’’

कम्पनील दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved