असारमा भित्रियो हालसम्म कै बढी रेमिट्यान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 06:19:39 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७६।०७७ को असार महिनामा नेपालमा एक खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार महिनामा नेपालमा कुल एक खर्ब एक अर्ब रुपैयाँ रेमिट्यन्स भित्रिएको छ । एकै महिनामा यतिधेरै रेमिट्यान्स भित्रिएको यो पहिलो पटक हो ।

अघिल्लो आर्थिक वर्ष २०७५।०७६ को असारमा भन्दा गत आर्थिक वर्षको असारमा २६.२५ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आवको असार महिनामा कुल ८० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

यस अघि गत आर्थिक वर्षको जेठ महिनामा सर्वाधिक धेरै रेमिट्यान्स नेपाल भित्रिएको थियो । जेठ महिनामा कुल ९४ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

त्यस्तै, गत आवमा कुल ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन अघिल्लो आवको भन्दा ०.५ प्रतिशत कम हो ।  अघिल्लो आवमा कुल ८ खर्ब ७९ अर्ब २७ करोड रुपियाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसंगै नेपालमा भित्रने रेमिट्यान्समा गिरावट आएको थियो । तर, गत आर्थिक वर्षको अन्तिम दूई महिना जेठ र असारमा नेपालमा भित्रने रेमिट्यान्स ह्वात्तै बढेको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो ।त्यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved