एनआईसी एशिया रेमिटबाट रकम पठाउँदा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 10:29:10 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले चाड पर्वको अवसरमा निःशुल्क रेमिट्यान्स योजना ल्याएको छ । योजनासंगै अब एनआईसी एशिया रेमिट मार्फत रकम पठाउदा शुल्क नलाग्ने भएको हो । 

योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ । पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क लाग्ने छैन् । 

यो योजना असोज २० गतेदेखि माघ ५ गतेसम्म लागू हुनछ ।  

उक्त रेमिट्यान्स रकम बैंकका मुलुकभर फैलिएका ३२६ शाखा, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १० हजार भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् प्राप्त गर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved