रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 07:48:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको यस कार्यका लागि  नेपाल पेमेन्ट सोलुसन प्रा. लि. का चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सम्झौतामा हस्ताक्षर गरेका छन्

यो प्रयास बाट सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो प्रणालीले सेवाग्राहिलाई डिजिटल रेमिट्यान्सको प्रविधि प्रदान गर्ने  भौतिक रेमिट्यान्स भन्दा धेरै सहज, छिटो सुरक्षित पनि हुने गर्दछ

कम्पनीले भनेको छ 'यो एक कस्टोमाइज गरिएको वित्तिय समाधान हो यसले भौतिक तथा पुरानो रेमिट्यान्स प्रणालीलाई समेत आधुनिक प्रणालिमा जोडिदिने गर्दछ यो प्रक्रियाले गर्दा धेरै छिट्टो रकम पठाउन सकिन्छ यो विद्युतिय रेमिट्यान्स कारोबारले पैसा पठाउने पाउने कार्य एकैसाथ हुने गर्दछ डिजिटल वालेटको विभिन्न फाइदाहरु पनि उपयोग गर्न पाइनेछ यो प्रणाली सबैका लागि सहज, छिटो सुरक्षित सरल किसिमको पैसा पठाउने पाउने माध्यम हो  '

रेमिट्यान्स वालेट ट्रान्सफरको बढ्दो प्रयोगसँगै रेमिट्यान्स कम्पनी तथा बैंक तथा वित्तिय संस्थाहरु आफ्नो प्लेटफर्म तथा ग्राहकहरुलाई सशक्त बनाउन लागी परेका छन्  

नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, रेमिट्यान्स कम्पनीहरु व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ नेपाल पेमेन्ट सोलुसनले बैंक तथा वित्तिय संस्थाहरु तथा बिभिन्न भुक्तानी सेवा प्रदयकको नेटवर्क तयार गरी भुक्तानी एबम ट्रान्स्फरको क्लियरिङ्गग तथा सेटल्मेन्टको कार्य गरी आफ्नो सेवा बिस्तार गरी रहेको कम्पनीले आईएमई पे, प्रभु पे, खल्ती, नमस्ते पे जस्ता भुक्तानी सेवा प्रदायकहरुलाई पनि इन्टिग्रेट गरी थप सेवा दिने तयारी रहेको  कम्पनीले जनाएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved