रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2021 | 07:18:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । 

बिहीबार आइएमईले आयोजना गरेको ‘आइएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेको बताउँदै रेमिट्यान्सलाई दीर्घकालिन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन् । 

आइएमईले व्यवसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले यसमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

‘आजभन्दा २० वर्ष अगाडि नेपालमा २० प्रतिशत औपचारिक रुपमा र बाँकी अनौपचारिक रुपमा स्वदेशमा पैसा आउँथ्यो, तर अहिले ठ्याक्कै उल्टो भएको छ, यसमा हामीले महत्वपूर्ण काम गरेको आभास भएको छ, देशमा रेमिट्यान्स भित्र्याउन र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनका लागि महत्वपूर्ण काम गरेको हाम्रो बुझाइ छ,’ उनले भने  । लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह समेत गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved