आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घट्यो, अब २५ हजारमात्र पठाउन पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 06:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशमा रकम स्थानान्तरण अर्थात् डोमेस्टिक रेमिट्यान्स पठाउन मिल्ने सीमा घटेको छ । राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम सीमा घटाएको हो ।

 विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सबरिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम रू.१,००,०००/- (अक्षरेपी एकलाख) सम्मको कारोबार गर्न सकिने व्यवस्था रहेकोमा उक्त सीमालाई मिति २०७८/११/१८ देखि लागु हुने गरी रु.२५,०००/- (अक्षरेपी पच्चीस हजार) सम्म मात्र गर्न सकिने गरी संशोधन गरेको हो ।

तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved