नेपालपे क्यूआर कोडमार्फत मासिक १ अर्ब बढी कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 04:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालपे क्यूआर कोड सार्वजनिक भएको छ महिना यता पहिलो पटक असोज नेपालपे क्यूआर कोडको प्रति महिना कारोबार रु. १ अर्ब भन्दा बढि पुगेको छ । यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआर कोडमा ४ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका कम्पनीले जनाएको छ । 

कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ । 

नेपालपे  क्यूआर  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । क्यूआर  स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved