४ महिनामा ४ खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 01:19:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिनामा नेपालमा भित्रने रेमिट्यान्स २६.४ प्रतिशतले वृद्धि भएको छ । यो ४ महिनामा कुल ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । 

जुन गत आवको सोहि अवधिको भन्दा २६.४ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको थियो । 

यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई रु.५२१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved