'३८ खर्ब रेमिट्यान्स हरायो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 04:38:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले नेपालमा भित्रिनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले वैदेशिक रोजागारीमा गएकाहरूबाट नेपालमा आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको जनाएको हो ।

जिफन्टले आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको जनाउँदै रेमिट्यान्स रकम भने हराइरहेको जनाएको हो । नेपालबाट विदेश गएका श्रमिकहरुको संख्याका आधारमा नेपालमा वार्षिक ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स भित्रिनुपर्ने दाबी जिफन्टको छ । जिफन्टका महासचिव लक्ष्मण शर्माले यसमा दक्ष कामदारको आम्दानी हिसाब गर्दा थप ७ खर्बसहित नेपाल भित्रिनुपर्ने रेमिट्यान्स ५० खर्ब भएपनि अहिले केवल १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको बताए । यस आधारमा वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै उनले यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । 

‘श्रमिकहरूको संख्या विदेशिने क्रम बढेको छ, सिप भएका श्रमिकहरू विदेशिने नयाँ ट्रेण्ड सुरु भएको छ तर, जुन प्रतिशतमा विदेशमा श्रमिकहरूको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन’ उनले भने, ‘कतै मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved