सेन्चुरी बैंकको नाफा घट्यो, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2019 | 08:50:28 AM मा प्रकाशित

चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा सेन्चुरी बैंक Century Commercial Bank Limited ले ६१ करोड ६ लाख खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको यसै अवधिसम्ममा ६७ करोड १५ लाख कमाएकोमा बैंकको खुद नाफा ९.०६ प्रतिशतले घटेको हो 

त्यस्तै बैंकको वितरण योग्य मुनाफा ३४ करोड ५९ लाख रहेको छ । बैंकले आर्थिक बर्षको अन्त्यसम्ममा यहि अनुपातमा नाफा वृद्धि गर्न सकेको खण्डमा बैंकले ५.६० प्रतिशत लाभांश वितरण गर्ने सक्ने देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ। तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ । यद्दपी अन्तिम त्रैमासमा बैंकको नाफामा थप प्रगति भएको अवस्थामा बैंकको लाभांश क्षमता बढ्न सक्छ । 

यस अवधिसम्ममा बैंकको निक्षेप् २२.८९ प्रतिशतले बढेको छ  । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब २५ करोड रहेको छ भने रिजर्भमा २ अर्ब ५ करोड रहेको छ । 

बैंकको खराब कर्जा १.५३ प्रतिशत, प्रति शेयर आम्दानी ९.८७, मूल्य आम्दानी अनुपात १७.२३, नेट वर्थ १२४.८६, कोषको लागत ८.४७, बेस रेट ११.३२ रहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved