एनएमबि माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा ६ करोड ९ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ३ करोड २७ लाख कमाएकोमा गत बर्ष ८६.४६ प्रतिशतले नाफा बढाएको हो ।
कम्पनीले १ अर्ब ८ करोड निक्षेप संकलन गरेर ३ अर्ब ७ करोडको कर्जा प्रवाह गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १६ २९ करोड रहेको छ भने जगेडा कोषमा १४ करोड ३३ लाख रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३६.६४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेट वर्थ १८८.४६ रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपातमा २६.३० गुणा रहेको छ ।