४८४ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, वितरणयोग्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 08:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७७/७८ मा कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को खुद नाफा ४८४ प्रतिशतले बढेको छ । आघिल्लो आर्थिक वर्ष अर्थात् ७६/७७ मा बैंकले ११ करोड ९७ लाख कमाएकोमा ७७/७८ मा बैंकको खुद नाफा बढेर ७० करोड २ लाख पुगेको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४५ लाख रहेको छ बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशतले बढेर १ अर्ब ४९ करोड पुगेको छ । बैंकको गैर संचालन आम्दानी २८ करोड ७६ लाख पुगेपछि बैंकको खुद नाफामा उछाल देखिएको हो । बैंकको गैर संचालन आम्दानी ७९३ प्रतिशतले बढेको हो  ।

समिक्षा अवधिमा बैंकको निक्षेप ३९.३२ प्रतिशतले बढेर ४४ अर्ब ४५ करोड पुगेको छ भने कर्जा प्रवाह ४९.७७ प्रतिशतले बढेर ३८ अर्ब ८२ करोड पुगेको छ

२ अर्ब ६५ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १ अर्ब २९ करोड रहेको छ । बैंकको खराब करह १.७९ प्रतिशतबाट घटेर १.५ प्रतिशत कायम भएको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६.४० रुपैया, प्रति शेयर नेट वर्थ १४८.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.९७ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved