
नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बंगलादेश बैंकको खुद मुनाफा ८४ प्रतिशतले बढेको छ।
बंगलादेश बैंकले सार्वजनिक गरेको अनअडिटेड बार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैंकको खुद मुनाफा १ अर्ब ५ करोडले बढेर २ अर्ब २९ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब २४ करोड खुद मुनाफा आर्जन गरेको थियो।
२ अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेपनि बैंकसँग सेयरधनीहरुलाई वितरण गर्नको लागि १ अर्ब ४७ करोड रुपैयाँ मात्र वितरणयोग्य मुनाफा रहेको छ।
अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष बैंकको निक्षेप ३१.१५ प्रतिशतले बढेर ८७ अर्ब १२ करोड, कर्जा लगानी १५.८६ प्रतिशतले बढेर ६८ अर्ब ४८ करोड पुगेको छ।
त्यस्तै बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ७.५० प्रतिशतले बढेर २ अर्ब ६३ करोडबाट २ अर्ब ८४ करोड पुगेको छ।
यस अवधिमा बैंकको चुक्तापुंजी ९ अर्ब रहेको छ भने बैंकको रिजर्भ तथा सरप्लस ६ अर्ब ३६ करोड रहेको छ।
त्यस्तै बैंकको खराब कर्जा अनुपात पनि घटेर २.८९ प्रतिशतबाट १.५५ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै यस अवधिमा बैंकको लागत ५.४९ प्रतिशत रहेको छ भने आधार दर ७.४१ प्रतिशत रहेको छ।
यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ६५ पैसाबाट बढेर २५ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७० रुपैयाँ ६५ पैसा तथा मुल्य आम्दानीको अनुपात १७ दशमलब १३ गुणा रहेको छ।