६ महिनामा नेपाल टेलिकमको आम्दानी २१ अर्ब, यी ५ कारणले घट्यो नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 09:16:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको चालु आ.व.२०८०/८१ को  दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ  । वित्तीय विवरण अनुसार चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्म कम्पनीको कुल आय रु. २१ अर्व ३० करोड ९३ लाख ७९ हजार  रहेको छ।

उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय  रु. २२ अर्व १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कम हो।

चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कम हो।

 चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कम्पनीको खुद मुनाफा रु. ३ अर्व ९३ करोड १४ लाख ३ हजार रहेको छ । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को खुद मुनाफा रु. ४ अर्व २५ करोड ४७ लाख ७६ हजारको तुलनामा रु. ३२ करोड ३३ लाख ७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कम हो। 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी रु. ४३.६८ रहेको छ ।

 गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको कम्पनीले जनाएको छ।

-ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको ।

-मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको ।

-राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।

-सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।

-बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी  भएको । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved