६ महिनामा निर्जीवन बीमा कम्पनीको नाफा ४२ प्रतिशतले बढ्यो, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 02:36:33 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ४२.२१ प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अवधिसम्म १४ वटा निर्जीवन बीमकले २ अर्ब ९८ करोड ७९ रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आवको सोहि अवधिमा उनीहरुको यस्तो नाफा २ अर्ब १० करोड ११ लाख रुपैयाँ थियो।

नाफा धेरै बढाउने कम्पनीको अग्र स्थानमा  नेपाल ईन्स्योरेन्स रहेको छ । जसको नाफा २३२ प्रतिशतले बढेको छ। यस अवधिमा  कम्पनीले ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवमा यस्तो नाफा १४ करोड ९७ लाख रुपैयाँ थियो। 

यसैगरी, सिद्दार्थ प्रिमियरको नाफा ११७.४१ र ओरियन्टल ईन्स्योरेन्सको नाफा १००.८६ प्रतिशतले बढेको छ । सिद्दिार्थ प्रिमियरले चालु आवको दोस्रो त्रैमाससम्म ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसको गत आवको सोहि अवधिमा १६ करोड ६० लाख रुपैयाँ खुद नाफा रहेको थियो । 

यस्तै, ओरियन्टले दोस्रो त्रैमाससम्ममा २५ करोड ८३ लाख आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा थियो । 

यस्तै, हिमालयन एभरेष्टको ६३.८२, एनएलजी ईन्स्योरेन्सको ५४.०५, आईजीआईको ५१.०७, यूनाईटेड अजोडको ४७.९२ र प्रभु ईन्स्योरेन्सको ३९.७७ प्रतिशतले खुद नाफा बढेको छ । 

यो अवधिमा नेशनल ईन्स्योरेन्सले भने घाटा ब्योहोरेको छ । कम्पनीलाई दोस्रो त्रैमाससम्म १ करोड ७ लाख रुपैयाँ घाटा लागेको हो । गत वर्षको सोहि अवधिका कम्पनीले १६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको थियो । 

ईपीएसः

ईपीएसको आधारमा यो अवधिमा सबैभन्दा अब्बल राष्ट्रिय बीमा कम्पनी रहेको छ । जसको ईपीएस १६०.०२ रुपैयाँ रहेको छ । त्यसैगरी, नेपाल ईन्स्योरेन्सको ६०.५५, सिद्दार्थ प्रिमियरको २९.३१, नेकोको २१.९९, शिखरको १८.९२ र हिमालयन एभरेष्टको १६.०२ रपैयाँ रहेको छ । 

यस्तै, प्रभुको १५.७९, सलिकोको १५.३२ र यूनाईटेड अजोडको १३.८५ रुपैयाँ ईपीएस रहेको छ । 

नेट वर्थः

नेट वर्थका आधारमा पनि राष्ट्रिय बीमा कम्पनी अब्बल देखिएको छ । जसको नेट वर्थ १५९८.५९ रुपैयाँ रहेको छ । यस्तै, सिद्दार्थ प्रिमियरको २६४.३६, प्रभुको २४१, सलिकोको २३२.४५, नेकोको २३०.०१, एनएलजीको २१४.५६ र नेपाल ईन्स्योरेन्सको २०६.१४ रुपैयाँ नेट वर्थ रहेको छ । यस्तै, शिखरको १९९.१५, हिमालयन एभरेष्टको १९४.८५, युनाईटेड अजोडको १९४.७४ र आईजीआईको १६७.५५ रुपैयाँ नेट वर्थ रहेको छ ।

हेर्नुस् कुनको अवस्था कस्तो ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved