पिपुल्स हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 09:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना 'ख' मो बैंकबाट लिइएको ऋण तिर्ने तथा कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मे.वा.को निर्माणमा लगानी गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि तथा नियामक निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । 

कम्पनीले चैत्र ३० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको चैत्लार १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. अध्यक्षबाट प्रस्तुत संचालक समितिको आ.व. २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तको वित्तीय विवरण (वासलात, नाफा ।

३. नोक्सान हिसाव, नगद प्रवाह विवरण र शेयर पूँजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।

४. आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संस्थापक शेयरधनी तर्फका ५ जना संचालकको निर्वाचन गर्ने ।


विशेष प्रस्ताव ।

१) २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा ।

२) अधिकृत र जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

३) प्रवन्ध पत्रको दफा ६ मा आवस्यक संशोधन गर्ने सम्बन्धमा ।

४) नियमावलीको नियम २७(२) तथा ३१ (क) र (ग) संशोधन गर्ने सम्बन्धमा ।

५) उपरोक्त प्रस्तावहरु स्वीकृति एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved