ललितपुरको गुरुद्धारामा एभरेष्ट बैंकको एटिएम सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2016 | 04:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेडले ललितपुर क्षेत्रको ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उदेश्यले सो क्षेत्रमा एटिएम सेवा संचालनमा ल्याएको छ। 

८६ औ एटिएमको रुपमा सेवामा ल्याइएको एटिएम सेवाको गुरुद्धारा गुरुनानक सत्सँगका अध्यक्ष प्रितम सिंह र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा उद्घाटन गरे। सो अवसरमा विशिष्ट व्यक्तिहरु, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति थियो । 

बैंकले आफ्ना ग्राहकहरुलाई ६१ वटा शाखा कार्यालय, पाँच वटा एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved