'कालो पोथी'  अस्कार अवार्डका लागि मनोनित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2016 | 02:16:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चलचित्र 'कालो पोथी' बहु प्रतिष्ठित  अस्कार अवार्डका लागि मनोनित भएको छ । विदेशी भाषी सर्वोत्कृष्ट छनोट समिती (नेपाल)ले चलचित्र ‘कालो पोथी’लाई अस्कर अवार्डमा प्रतिस्पर्धा गर्न मनोनित गरेको हो  । 

  मिनबहादुर भामले निर्देशन गरेको कालो पोथी   गएको वर्ष भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा क्रिटिक्स विकतर्फ उत्कृष्ट चलचित्र घोषित भएको थियो । ‘पशुपति प्रसाद, कालो पोथी र को आफ्नो’को त्रिपक्षिय भिडन्तबाट चलचित्र ‘कालो पोथी’ विश्वकै प्रसिद्ध ‘अस्कर अवार्ड’का लागि छनोटमा परेको छ ।

 चलचित्रमा दुई स्कुले छात्रको कथा समेटिएको छ । पश्चिम नेपालको मुगुको सेरोफेरो र त्यहीँको खस भाषा नै चलचित्रमा प्रयोग भएको छ । आउँदो फेब्रुअरी २६ मा अमेरिकाको हलिवुडमा रहेको डल्बी थिएटरमा ओस्कार अवार्ड समारोह हुनेछ । 

हेर्नुस फिल्मको ट्रेलर । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved