कालंगागाड जलविद्युत् आयोजनामा १४ बैंकले लगानी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 02:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न १४ बैंकहरुले  ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । सानीगाड हाइड्रो प्रालिले अघि बढाउन लागेको माथिल्लो कालंगागाड र कालंगा हाइड्रो प्रालिद्वारा अघि बढाउन लागिएको कालंगागाड जलविद्युत् आयोजनाको सोमबार वित्तीय व्यवस्थापन भएको हो । 

जस अनुसार माथिल्लो कालंगागाडमा माछापुच्छ्रे बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य, नेपाल बैक, एनसीसी, सनराइज, जनता, कुमारी र सिभिल बैंकले ४ अर्ब ७४ करोड लगानी गर्ने छन्  । त्यस्तै कालंगागाड जलविद्युत् आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआईसी, सिभिल, जनता, देवः विकास र ज्योति विकास बैंकले २ अर्ब १० करोड लगानी गर्ने भएका छन् ।

सोमबार सोल्टी होटलमा आयोजत एक कार्यक्रममा ऋण सम्झौता भएको हो । सम्झौतामा दुई जलविद्युत् आयोजनाको तर्फबाट कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ तथा बैंकहरूको तर्फबाट नेतृत्व माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एनएमबीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । 

 बझाङको कालंगागाडमा निर्माण हुने दुवै आयोजनाको विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भैसकेको छ भने विद्युत् विकास विभागले अनुमतिपत्र समेत दिइसकेको छ । माथिल्लो कालंगागाढ १५ साउन २०७७  र कालंगागाड २९ भदौ २०७६ भदौमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved