भैरहवामा एनबि इन्स्योरेन्सको शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2016 | 11:38:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले रुपन्देहीको भैरहवामा शाखा कार्यालय संचालनमा ल्याएको छ। १४ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको उक्ता शाखाको उदघाटन कम्पनीका संचालक समितिका सदस्य प्रतापजङ्ग पाण्डेले गरे।

सो अवसरमा संचालक पाण्डेले मुलुकभर एनबि इन्स्योरेन्सका शाखा कार्यालय र संजाल बिस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताए।

उक्त कार्यक्रममा उपस्थित प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ लगायतको उपस्थित रहेको थियो। कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैयाँ पुर्याएको सीईओ श्रेष्ठले कार्यक्रममा जानकारी दिए। 

कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ।

कम्पनीले गत आर्थिक बर्षमा करिब २६ हजार बीमालेखहरुबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरि सो अवधिमा करिब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । त्यस्तै, चालु आर्थिक बर्षको पहिलो २ महिनामा कम्पनीले करिब ८ हजार बीमालेखहरुबाट करिब १० करोड बीमशुल्क आर्जन गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved