नेपाल चेम्बर अफ कमर्श र एशोचामबीच नयाँ दिल्लीमा सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2016 | 05:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्श र एशोचाम (दि एशोसिएटेड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज इण्डिया) विच भारतको नयाँ दिल्लीमा सम्झौता भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणको अवसरमा भएको सो सम्झौताको समझदारी पत्रमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र एशोचामका अध्यक्ष सुनिल कनौरियाले हस्ताक्षर गरे ।

नेपाल र भारत विचको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको बताइएको छ। समझदारीले भारततर्फको निकासी सहज हुने र नेपालमा भारतीय लगानी तथा प्रविधि अभिवृद्धि गर्न थप मद्दत पुग्न जाने चेम्वरको विश्वास रहेको छ । 

त्यसैगरी दुई देशका निजी क्षेत्रको सम्वन्ध अभिवृद्धि भई समग्र नेपाल र भारत विचको व्यापार तथा लगानी थप सहज हुने विश्वास चेम्वरले लिएको छ. सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, र परराष्ट्र मन्त्री प्रकाश शरण महतको समेत उपस्तिथी रहेको जनाइएको छ। 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved