सुगर मिल संचालनमा नआएपछी किसानहरु  मार्कामा , उखु प्रति क्वीण्टल तीन सयमा कारोबार 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2016 | 05:31:07 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा नआएपछि  चिनी उद्योगले किन्ने मूल्यभन्दा कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका हुन् । उखु उत्पादक महासङ्घ र चिनी उत्पादक सङ्घबीच उखुको मूल्य निर्धारण नगरेपछि कम मूल्यमा किसानले सख्खर उद्योगलाई उखु बिक्री गरेका छन् । अहिले रौतहटको विभिन्न स्थानमा  रहेको सख्खर उद्योगमा किसानले उखु बिक्री गरिरहेका छन् । उखुको मूल्य प्रति क्वीण्टल तीन सय रुपैयाँमा किसानले सख्खर उद्योगलाई बेच्ने गरिएको पाइएको छ ।

उखु उत्पादक सङ्घ र चिनी उत्पादक सङ्घबीच उखुको मूल्यको विषयमा सहमति हुन नसक्दा किसान मारमा परेका हुन् । गत वर्ष चिनी उद्योगले तोकेको ४ सय ४८ रुपैयाँ प्रति क्वीण्टल भन्दा कम मूल्यमा किसानले सख्खर उद्योग उखु बिक्री गरिरहेका छन्। श्रीराम सुगर मिल्स गरुडाले करीब ५८ करोड रुपैयाँ उखु किसानको रकम भुक्तानी गर्ने बाँकी रहेको र पहल भइरहेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले बताए।उखु किसानले समयमा उखुको भुक्तानी नभएका कारण  निराश भएर सख्खर उद्योगलाई उखु बिक्री गरेको  अध्यक्ष यादवको भनाई छ । उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालनमा नआउने श्रीराम सुगरमिल्स गरुडाका उखु प्रवन्धक सियाराम शाहले बताए।करीब एक महीनापछि श्रीराम सुगर मिल्स गरुडा सञ्चालनमा आउने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved