मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण शुरु, ७ कम्पनीसंग ऋण सम्झौता 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 30, 2016 | 03:48:19 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । ५ अर्ब ६४ करोड रुपैयाँको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

१ सय ८० मिटर पहुँचमार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र बिद्युत गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने । नारच्याङ बेसीदेखि निलगिरी र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म ९ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । २ हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ ।

आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । नेपाल इन्भेस्टमेन्ट बैंकसँग ७० करोड, जलविद्युत् विकास कम्पनीसँग १ अर्ब र नेपाल बैंकसँग ५० करोड रुपैयाँ ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट १ अर्ब, लक्ष्मी बैंकबाट ४० करोड, सिद्धार्थ बैंकबाट ३० करोड र एस डेभलभमेन्ट बैंकबाट ३० करोड रुपैयाँ ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ ।

मिस्त्रीखोलाले वि. सं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved