बिमा समितिलाई पहिलोपटक एनबीआईको डेढ दिने तालिम 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 04:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि.ले २०७३ मंसीर १७ र १८ गते विमा कम्पनीहरुको नियमक निकाय विमा समितिको लागि "Team Building & Motivation" विषयक डेढ दिने तालीम कार्यक्रम सम्पन्न गरेको छ । 

विमा क्षेत्रको लागि एनबीआइले पहिलो पटक आयोजना गरेको कार्यक्रमको उद्घाटन सत्रमा विमा समितिका अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी. लगायत अन्य सञ्चालकहरुको पनि उपस्थिति रहेको थियो । तालीम कार्यक्रममा विमा समितिमा विभिन्न तहमा कार्यरत २१ जना कर्मचारीहरुको सहभागिता रहको थियो।
 
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले शैक्षिक योग्यता र लामो अनुभव भन्दा पनि अनुशासन र ईमानदारिता जस्ता मूल्य मान्यताका  कुराहरु एकदम महत्वपूर्ण रहने धारणा राखे। उनले कुनै पनि संस्थाको राम्रो प्रतिफल तथा उपलव्धिको लागि मानव संशाधनको विकास गर्नु अपरिहार्य रहेको जानकारी गराए।
 
कार्यक्रममा विमा समितिका अध्यक्ष प्रा.डा.फत्त बहादुर के.सी.ले ईन्ष्टिच्युटका सन्जिव सुब्बाले व्यक्त गरेका कुरालाई जोड दिँदै यस प्रकारको तालीम कार्यक्रमले संस्थाको मानव संशाधन विकासमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे।
 
आगामी दिनमा नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र विमा समितिले संयुक्त रुपमा विमा कम्पनीहरुका लागि तालीम कार्यक्रमहरु तर्जुमा गरी सञ्चालन गर्ने कार्य अगाडी बढ्ने विश्वास एनबीआइले लिएको छ । 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved