घट्यो सुनको मूल्य, हेर्नुस कतिमा हुदै छ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2016 | 11:41:21 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ  । आइतबार  ५४ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सोमबार तोलामा २ सयले घटेर प्रति तोला ५३ हजार ८ सय मा  कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार ५  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले सोमबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार १  सय २५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ७३ रुपैयाँ कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved